शीतलहरका कारण रौतहटमा चार जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 24 | 09:28 am 1477

रौतहट, पुस ८ शीतलहरका साथै अत्याधिक चिसोका कारण रौतहटमा चारजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको गत आइतबार मृत्यु भएको हो। यसअघि पुस ३ मा गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको रहेका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा चिसोका कारण चारजनाको मृत्यु भएको जानकारी दिए। तर, यसबारे मेडिकल रिपोर्ट भने नआएको उनको भनाइ छ।

जिल्ला अस्पताल रौतहटका डा कृष्ण साह भने पोष्टमार्टमबाट चिसोको कारण मृत्यु भएको रिर्पोट जिल्ला अस्पतालले दिन बताउँछन्। यसका लागि काठमाडौंस्थित त्रिवि टिचिङ अस्पतालमा मात्र पोष्टमार्टम हुने डा साहको भनाइ छ।

अत्याधिक चिसोको कारण विभिन्न रोगहरुले च्याप्ने गर्दा पनि मृत्यु हुने उनले बताए। विगतका वर्षहरुमा चिसोका कारण ज्यान गुमानेलाई सरकारले राहत दिँदै आएको थियो। प्रमुख जिल्ला अधिकारी थापाले चिसो मौसममा बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.