शिवरात्रि पर्वको तयारी पूरा

रिपोर्ट नेपाल | 2023 Feb 16 | 08:42 am 1021

काठमाडौं, फागुन ४ः आगामी शनिबार मनाइने महाशिवरात्रि पर्वको विशेष तयारी पूरा भएको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न करिब २० लाख भक्तजन आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

शिवरात्रिको तयारी’bout जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सो’bout जानकारी दिएका हुन् ।

कोषका प्रवक्ता एवं शिवरात्रि पर्व विशेष कार्यक्रमका प्रचारप्रसार सचिव रेवतीरमण अधिकारीले पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट, भक्तजनलाई सहज रूपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी पूरा भएको बताए ।

शिवरात्रिका दिन पशुपतिमा २० लाख भक्तजन सहभागी हुने अनुमान

उनले शिवरात्रिमा करिब २० लाख धार्मिक पर्यटक आउने अनुमान गरिएको बताए । २० लाख भक्तजन र अरू विभिन्न सेवाप्रदायक एवं व्यवस्थापन समितिका प्रतिनिधि, सुरक्षाकर्मीसहित करिब ३० लाखको सहभागिता रहने अधिकारीको दाबी छ ।

अधिकारीका अनुसार यस शिवरात्रि पर्वलाई विशेष रूपमा मनाउनका लागि कोष सञ्चालक परिषद्का अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा कुल २ सय १ जनाको महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको छ । यस मूल समितिअन्तर्गत आठवटा विभिन्न विषयगत उपसमिति गठन भई सबै उपसमितिले आआफ्नो जिम्मेवारीनुसारका काम गरिरहेका छन् । यस पर्वलाई थप व्यवस्थित बनाउन ट्राफिक सुरक्षालगायतका अन्य व्यवस्थापन’bout राज्यका अंगहरूसँग समन्वय गरी सम्पन्न गर्ने कोषले जनाएको छ ।

शिवरात्रिको दिन पशुपतिनाथमा राष्ट्रपति विद्यादेवी भण्डारी आफैं आउने कार्यक्रम रहेकाले सुरक्षा व्यवस्था चुस्त पारिएको कोषले जनाएको छ । महाशिवरात्रिको विशेष पर्वका लागि ८० लाख रुपैयाँ खर्च छुट्ट्याइएको भन्दै फागुन मसान्तसम्म खर्च विवरण सार्वजनिक गर्ने कोषले जनाएको छ । शिवरात्रिका लागि ८० लाख खर्च आन्तरिक कोषबाट हुने कोषले जानकारी दिएको छ ।

महाशिवरात्रि पर्व यही शनिबार ६ फागुनमा परेको छ । हाल पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा धमाधम सजावट कार्य भइरहेको छ । आगामी शनिबारको दिन मनाइने महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा फूलमाला र बत्तीले सजावट गर्ने, शिव–पार्वती, गणेश र पशुपतिनाथ मन्दिरसँग सम्बन्धित चित्रकला कोर्ने, आसपासका सडक मर्मत गर्ने, लाइन व्यवस्थापनका लागि डोरी टाँग्ने, गेट निर्माण गर्ने, साधुसन्तका लागि बसोबास व्यवस्थापन गर्नेलगायतका काम गरिरहेको छ ।

यस वर्षको महाशिवरात्रीका लागि न्यूनतम ५ हजार साधुसन्त आउने अनुमान गरिएको प्रचारप्रसार संयोजक नारायणप्रसाद सुवेदीले जानकारी दिए । शिवरात्रिका दिन भक्तजनको भीड व्यवस्थापन, सुरक्षा, यातायात सहजीकरण, विदेशी आगन्तुकलाई बसोबासलगायत तयारीसम्बन्धी कार्य पूरा भएको कोषले जनाएको छ । उनले यस वर्ष शिवरात्रिको अवसरमा भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या धेरै हुने भएकाले सोहीनुसार तयारी गरिएको बताए ।

कोषले यसपटक शिवरात्रिका दिन वेदको व्याख्या सम्बन्धित विशेष प्रवचनका लागि भारतको जग्गानाथपुरी मठका मठाधीश जगद्गुरु शंकराचार्यको स्वागत तथा अभिनन्दन व्यवस्था उपसमिति नै गठन गरेको छ । सो उपसमितिका संयोजक सदस्यसचिव डा. मिलनकुमार थापाले यसपाली भारतका जगद्गुरु शंकराचार्यलाई आमन्त्रण गरिएको बताए । जगद्गुरु शंकराचार्यले हिन्दू दर्शन, वेद र शिव पार्वतीको कथामा आगामी शुक्रबार, शनिबार र आइतबार तीन दिन प्रवचन दिने कार्यक्रम तय भएको जानकारी दिए ।

यसैगरी, उनले शिवरात्रिको दिन साँझ ५:२० बजे राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिरमा दर्शन र विशेष पूजामा सहभागी हुने कार्यक्रम रहेकाले यस कोषले सोहीनुसारको तयारी गरेको बताए । शिवरात्रिको दिन राष्ट्रको शान्ति र समृद्धिका लागि पूजा आयोजना गरिने भएको छ । सो दिन राष्ट्रपतिको सवारी हुने बेलामा अन्य भक्तजनलाई मन्दिर प्रवेशमा केही समय रोकिने कोषले जनाएको छ ।

यसैगरी, कोषले शिवरात्रिको दिन भक्तजनलाई मन्दिर दर्शनको सहजताका लागि तीनवटा लाइन र चारवटा ढोकाबाट प्रवेश गराउने तयारी गरेको छ । जयबागेश्वरी, तिलगंगा र गौशाला हुँदै लाइन बसेका भक्तजनलाई चारवटा ढोकाबाट दर्शनका लागि प्रवेश गराइने बताइएको छ । सो दिन भीड कम गर्न चारैतिरका ढोका खोलिने कोषले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.