शिक्षकको सरूवा खुल्यो

रिपोर्ट नेपाल | 2018 Jun 06 | 06:45 am 1089

काठमाडौं, जेठ २३: विद्यालय तहका शिक्षकको सरूवा खुला भएको छ । शिक्षा विभागले २१ चैत २०७४ बाट रोकेको सरुवा मंगलबारबाट खुला गरेको हो ।

शिक्षा विभागले जिल्ला प्रशासन कार्यालय अन्तर्गतको शिक्षा विकास तथा समन्वय इकाइलाई शिक्षकको सरूवा सम्बन्धी काम गर्न परिपत्र गरेको हो ।

शिक्षा विभागका निर्देशक केशव दाहालले पहिले संक्रमणकाल र केही अन्यौलता भएका कारण शिक्षकको सरूवा रोकेको र अहिले खुला गरेको बताए ।

कानुनमा शिक्षकको सरूवा हुने अधिकार रहेकाले त्यही अनुसार व्यवस्था गरेको बताए ।

स्थानिय सरकार सञ्चालन ऐनमा शिक्षकको सरूवा गर्ने अधिकार स्थानीय तहलाई नभएकाले शिक्षा विकास तथा समन्वय इकाइलाई जिम्मेवारी दिएको दाहालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.