शारीरिक सम्बन्ध राख्ने क्रममा महिलाको मृत्यु, १९ वर्षीय वादी पक्राउ

रिपोर्ट नेपाल | 2018 May 31 | 09:49 am 3432

रुकुम  जेठ १७:  रुकुममा शारीरिक सम्बन्ध राख्दा राख्दै महिलाको मृत्यु भएपछि १९ वर्षीय अमरबहादुर वादीलाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम जिल्लाको सदरमुकाम मुसीकोट खलंगामा सिस्ने गाउँपालिका वडा नं ६ घर भएकी अन्दाजी ३८ वर्षकी इच्छा बिसीको बुधबार शारीरिक सम्बन्ध राख्दा राख्दै मृत्यु भएको प्रहरीले जनाएको छ  ।

अहिले प्रहरीले मुसीकोट नगरपालिका वडा नं। १ का १९ वर्षीय अमरबहादुर वादीलाई पक्राउ गरिसकेको छ । १९ वर्षीय वादीले यौन सम्पर्क गर्ने मनसायले नै ती महिलालाई आफ्नो कोठामा लिएर गएको बयान दिएका छन् । साथै उनले शारीरिक सम्बन्ध राख्ने क्रममा महिलाको मृत्यु भएको बताएका छन् ।

शारीरिक सम्बन्ध राख्ने क्रममा ती महिलाको मृत्यु भएपछि अमर आफैले नजिकैको ढलको नालामा फालेको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काका अनुसार अहिले ती युवकलाई हिरातमा राखेर थप अनुसन्धान भइरहेको जानकारी गराए्का छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.