शान्ति सुरक्षा दिने प्रशासनका निम्ति किन मौन स्थानीय सरकार !

रिपोर्ट नेपाल | 2019 Apr 18 | 01:20 pm 1844

  • शंकर रिखाम मगर

उदयपुर(मुर्कुची), वैशाख ५ जिल्लाको रौतामाई गाउँपालिका भुट्टारस्थित भौतिक संरचनाको अभावले इलाका प्रहरी कार्यलयलाई काम काज गर्न अभाव हुँदै आएकोछ ।

२०७५ साउन १ गते स्थापना भएको स्थानीय संरचना अनुसार १ नम्वर प्रदेश नेपाल रौतामाई गाउँपालिका भुट्टारमा गाउँपालिका कार्यलय अगाडिनै इलाका प्रहरी कार्यलय स्थापना गरिएको छ।

इप्रका भुट्टारमा २९ जना दरवन्दी रहेको भएतापनी हालसम्म प्रहरी प्रमुख देवेन्द्र फुयालको कमाण्डमा २ हवल्दार र ४ जवान गरि जम्मा ७ जनाले जनताको शान्ति सुरक्षा दिदै आइरहेको भुट्टार इप्रका प्रहरी प्रमुख फुयालले बताए ।

फुयालका अनुसार रौतामाई गापाको वडा नम्वर ७ को क्षेत्र वाहेक चित्रेथाम, माझखर्क, लाफागाउ, सल्ले, पुवारेभन्ज्याङ्गसम्म गस्ती तथा शान्ति शुरक्षाको लागि खटिनु पर्ने अवस्था रहेकोछ । सुरक्षा कर्मीको संख्या कमिले गर्दा घटना हुनसाथ उक्त स्थानहरुमा पुग्न गाह्रो र कठिनाइ भएको पनि जानकारी दिए ।

उक्त इप्रकाको भौतिक संरचना तर्फ सुत्ने कोठासम्म राम्रो नभएको, कागज पत्र राख्ने कोठा अलग रहनु पर्ने त्यो पनि नभएको जम्मा २ कोठा मात्र रहेकोले संचालनमा पनि कठिनाइ भैरहेको साथै बर्षाको समयमा कोठाभित्र पानी छिरेर बस्न समस्या भएको दुखेसो प्रहरी प्रमुख फुयालले व्यक्त गरे ।

यस इलाका प्रहरी कार्यालयमा १ जना असही र अन्य जवान गरी करिब १५ जनासम्म खटाइएको भए शान्ति सुरक्षा र संचालनको निम्ति गाह्रो नहुने प्रमुख फुयालले बताए । किनकी कुनै बेला कार्यलाय कर्मचारी अभावका कारण पनि खाली रहनु परेको छ । कुनै पनि घटना घटेमा एकै पटक २–३ जनालेसमेत शान्ति सुरक्षा दिन श्रोत शक्तिको अभाव भएको बताए ।

२९ जनाको दरवन्दी रहेको इलाका प्रहरी कार्यालय भुट्टारमा किन ७ जना मात्रको दरवन्दी रहेको हो ? यतिमात्र श्रोतले शान्ति सुरक्षामा पहुँच पुर्‍याउँन सक्छ ? भन्ने प्रश्नको उत्तरमा रौतामाइ गाउँपालिकाका उपाध्यक्ष कुमारी ज्यु ठकुरीले अहिले पुर्वाधार विकास तर्फ भौतिक संरचनाको अभाव भएको हुनाले अलि कठिनाइ भएको हो । भैतिक संरचनाहरु पूर्ण रुपमा तयारी भएपछी दरवन्दी अनुसार गाउँपालिकाबाट सम्बन्धीत निकायमा सिफारिस पठाउने बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.