शहिदहरुको शालिकमा नवनिर्वाचित मेयर सिंहले गरे माल्यार्पण

| 2022 May 24 | 05:41 pm 549

पर्सा, जेठ १०ः पाँच दलीय गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका जनता समाजवादी पार्टीका राजेशमान सिंहले शहिदको शालिकमा माल्यार्पण गरेका छन् ।

मतगणनास्थल वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित श्री नृसिंह माविबाट निस्किएको बिजयी जुलुश वीरगञ्जको बिपि उद्यानस्थित शहिद स्मृती पार्कमा पुगेर नवनिर्वाचित मेयर सिंहले शहिदका शालिकमा माल्यार्पण गरेका हुन् ।

मधेश आन्दोलनताका आफ्नो प्राणको आहुति दिएका सम्पूर्ण शहिदहरुको सम्झना गर्दै शहिदको सपनालाई साकार पार्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

साथै उनले घण्टाघरस्थित नेपालमा मधेश मुद्दा उठाउने पहिलो व्यक्तिमध्ये एक रामजनम तिवारीको शालिकमा पनि माल्यार्पण गर्दै श्रद्धा सुमन अर्पण गरेका थिए ।

शहिद तथा मधेश आन्दोलनका घाइतेहरुको लागि पनि विशेष योजना बनाएर काम गर्ने विश्वास पनि दिलाएका छन् । शहिदको त्याग र बलिदानबाट  प्राप्त उपलब्धीको संरक्षण गर्दै आम वीरगञ्जबासीलाई शहिदको सपना पूरा भएको प्रत्याभुती दिलाउने सिंहको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.