शवलाई त्रिभुवन विमानस्थल काठमाडौँ ल्याइयो

| 2019 Feb 28 | 01:47 pm 2351

काठमाडौँ, फागुन १६ :  हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट आज (बिहिबार) अपराह्न १ बजेर २५ मिनेटमा सम्पूर्ण शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको छ ।

उक्त शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिने तयारी गरिएको स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.