शरीर बन्धक बनाई जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 26 | 08:40 am 1961

काठमाडाैं, माघ १३ः २०७७ असाेज १५ गते परिवर्तित नाम ०७७/०७८ चौतारा (ङ) लाई घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी लिएर गएकोमा घर तर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी सिन्धुपाल्चोक जुगल
गाउँपालिका-४ स्थित मान्जे भन्ने ठाँउमा लगी अन्य प्रतिवादीहरूसँग मिलेर जबरजस्ती करणी गरी उनीले लगाएको गरगहना समेत लुटपाट एवं डाँका समेत गरी घटना पश्चात फरार भएका एक जनालाई अपराध महाशाखाले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ गुन्टे गाँउ घर भएका २४ वर्षीय कैलाश भन्ने रोहन नेपाली रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडाैंकाे कलंकीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाईएको सूचना अधिकारी (प्रवक्ता) प्रहरी उपरीक्षक कृण्ण प्रसाद कोईरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.