शंकास्पद रूपमा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Jul 19 | 02:59 pm 333

सिरहा, साउन ४ः शंकास्पद रूपमा सिरहाको गोल बजारमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नपा– ४ का रामकृष्ण महतोकी २५ वर्षीया श्रीमती सुलेखादेवी महतो रहेका छन् ।

घरमा श्रीमतीको मृत्यु भएपछि रामकृष्ण घटनाबारे जानकारी गराउन ससुराल पुगेका थिए । ससुरालबाट फर्केपछि मात्र उनले प्रहरीलाई खबर गरेको बताइएको छ । घरमै पासो लगाको अवस्थामा मृत भेटिएकी श्रीमतीको पासो खोलेर उनी ससुराल गएको बताइएको छ । छरछिमेकले पनि घटनाबारे धेरैबेर पछि मात्र थाहा पाएका थिए ।

अघिल्लो दिन मोबाइलको विषयमा श्रीमान श्रीमतीबीच झगडा परेको रामकृष्णले बताएका छन् । अघिल्लो दिन झगडा हुनु र भोलिपल्टै मृत्यु हुनुले घटना शंकास्पद देखिएको बताइएको छ । इलाका प्रहरी कार्यालय गोलबजारले भने घटनाबारे पोष्टमार्टम रिपोर्ट पछि मात्र केही भन्न सकिने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.