काठमाडाैं, बैशाख ६ः सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । साेमवार बिहान बसेकाे मन्त्रीपरिषद बैठकले रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेकाे छ ।
सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न नसकिने स्थान पनि बन्द हुने भएकाे छ । रगंशालाकाे हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइने उल्लेख छ ।