काठमाडौँ २३ फागुन / बुधबार साँझ अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै नवनिउक्त्त अर्थमन्त्री वर्षमान पुनले आम सर्वसाधारण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहण गर्दै पुनले मुलुकको वर्तमान अर्थतन्त्र सङ्कटमा नभएर मन्दीमा रहेको दाबी गरेका हुन् ।
सबै भन्दा पहिला अर्थतन्त्रमा रहेका चुनौतीहरूलाई सबै अन्तरमन्त्रालयमा समन्वय गरेर समाधान गर्ने बताएका छन् । अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रूपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुपरेकाले त्यही अनुसार काम गर्ने अर्थमन्त्री पुनले बताए ।
मन्दीमा पुगेर चलायमान कम भएको हो ,अर्थतन्त्रमा सङ्कट नै होइन अर्थतन्त्रमा चुनौतीहरू छन् । प्रधानमन्त्रीले चुनौतीहरूलाई मुख्य कामको रूपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिलाइ प्राथमिकता निर्धारण गर्नुभएको बताए । साथै अर्थमन्त्री पुनले नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको बताए ।
उनले आर्थिक मन्दीको बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेको अनुभवका आधारमा काम गर्ने सुनाए । अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरू रहेको भन्दै प्राथमिकताका साथ समाधान गर्ने बताए ।
अर्को महिना देखि दोब्बर वृद्धि गर्न सकिने आधारहरु छन् । मैले बोलेर भन्दा पनि काम गरेर देखाउन चाहन्छु । अर्थ मन्त्रालयको टिमलाई लिएर अभ्यास गर्दा सकिन्छ । अरुलाई आलोचना गरेर भन्दा पनि आफूले राम्रो गरेर काम गर्ने हो । विगतका अर्थमन्त्रीहरुले गरेको असल प्रयासलाई निरन्तरता दिँदै अनुभवलाई लिएर काम अगाडी बढाउँछु ।’ उनले सबैसँग समन्वय गरेर अर्थतन्त्रलाई चलायमान बनाउने काममा आज देखिने लाग्ने प्रतिबद्धता जनाए ।