तनहुँ, असार ७: जिल्ला प्रहरी कार्यालय तनहुँले व्यवसायीलार्इ धम्कयाएर रकम असुल्ने विष्णु थापालार्इ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलार्इ बुत्रबार बेलुका पक्राउ गरेको हो । जिप्रका तनहुँका प्रमुख एसपी सिद्धीविक्रम शाहका अनुसार निर्माण व्यवसायी र क्रसर उधोगलाई धम्काउदै आएका रिसिङ गाउँपालिका -७ अर्खलछापका थापालाई पक्राउ गरिएको हो।
थापाले व्यवसायीलाई धम्काउने र निशुल्क शेयर माग्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। एसपी शाहले जनतालाई अमन चयन दिने र शान्ति सुरक्षाको अनुभुति दिन आफूले कसैसँग सम्झौता नगर्ने बताए ।