वैशाखमा राजपाको महाधिवेशन हुने

रिपोर्ट नेपाल | 2018 Jun 20 | 06:02 pm 3231

काठमाडौं, असार ६ :  राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी वैशाखमा पार्टी महाधिवेशन गर्ने भएको छ । तीन दिनदेखि काठमाडौंमा बसेको राजनीतिक समितिको बैठकले ०७६ वैशाख ७, ८ र ९ गते महाधिवेशनको तिथि तोकेको हो ।

निर्वाचन आयोगले एक वर्षभित्रमा महाधिवशेन गराउन भने पनि राजपाले विधानको व्यवस्था नै संशोधन गरी महाधिवेशनको तिथि पछि सारेको हो।

बैठकले तीन सदस्यीय विधान परिमार्जन समिति बनाउने निर्णय समेत गरेको छ। तर, समितिमा रहने सदस्यहरुको नाम भने तय भइसकेको छैन।

पढ्नुहोस् विज्ञप्तिको पूर्णपाठ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.