वैद्यलाई आत्मालोचना गर्न कांग्रेसको निर्देशन

| 2021 Jun 12 | 02:29 pm 1753

काठमाडौं, जेठ २९ः बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ती गलत भएको भन्दै नेपाली कांग्रेस केन्द्रीय प्रवक्ताले आत्मालोचना गर्न निर्देशन दिएका छन् ।

सांसद वैद्यले संसदमा बोल्दै प्रधानमन्त्रीको गलत प्रवृत्तीले देशले दुःख पाएको भन्दै आफू नाथुराम गोट्से बन्न तयार भएको बताएका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीका अनुसार अभिव्यक्ती स्वतन्त्रता र अभिव्यक्ती अराजकता एउटै नभएको भन्दै संसदमा मर्यादित भएर बोल्न निर्देशन दिइएको छ ।

May be an image of text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.