काठमाडाैं, मंसिर ३ः वैंकिङ् कसूर मुद्दाका फरार एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ताप्लेजुङ् फुलपिङ् न.पा. वडा नं. ११ स्थायी वतन भई हाल काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. ३, ठुलोभंगाल, चपली बस्ने बर्ष ४६ का
अन्दीराम इजम लिम्बू रहेका छन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी- जानी जाहेरवालालाई झुक्यानमा पारी मिति २०७४/०९/२८ मा सिद्धार्थ बैंक
लिमिटेडको चेक काटी दिएको कसूरलाई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट मिति २०७६/०८/१० मा लिम्बूको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद र ३० लाख रुपैंयाजरिवाना हुने फैसला भएको थियाे ।
फैसला पश्चात् फरार रहेका लिम्बुलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिबादीलाई नयाँठिमी, भक्तपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज मिति २०७८/०८/०३ मा सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे हाे ।