वैंकिङ् कसूर मुद्दाका फरार कुमाल पक्राउ

| 2022 Mar 20 | 05:27 pm 1565

काठमाडाैं, चैत ६ः वैंकिङ् कसूर मुद्दाका फरार एक प्रतिवादीलाई कन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नं.२ गोकर्णेश्वर बस्ने बर्ष ३६ का नवराज धिमाल रहेका छन् ।

उनले प्राइम बैंक लिमिटेड, बागबजार, काठमाडौंमा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट मिति २०७८ असाेज १८ गते प्रतिवादी धिमाललाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा रू.२० लाख रुपैंया जरिवाना र ५ दिन कैद हुने ठहर भएको थिायाे ।

साेही क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले निज प्रतिवादीलाई मिति २०७८ चैत ६ गते गोकर्णेश्वर, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.