काठमाडाैं, असार १६ः वैंकिङ् कसूर मुद्दाका फरार एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बस्ने ४२ बर्षीया विष्णु माया योन्जन रहेकी छन् ।
उनले पर्याप्त मौज्दात रकम नभएको एनएमवि वैंक लिमिटेडमा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी मिति २०७७/११/१३ मा दिएको चेकको रकम भुक्तान हुन सकेको थिएन ।
उक्त चेककाे आधारमा वैंकिङ् कसूर मुद्दामा प्रतिवादीलाई सम्मानित उच्च अदालत पाटनबाट बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजू रहेकाे थियाे ।
उनलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बिहीबार टेकु, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे हाे ।