काठमाडाैं, जेठ २०ः वैंकिङ् कसूर मुद्दाका एक फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धा ब्युराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा खोटाङ्ग हलेसी तुवाचुङ्ग नगपालिका वडा नं. ९, सल्ले स्थायी वतन भई हाल भक्तपुर, मध्येपुर ठिमी नगपालिका वडा नं. ६ बस्ने ईन्द्र कुमार राई रहेका छन् ।
मिति २०७७/१०/२४ मा ग्लोवल आई एम ई वैंक लिमिटेड, भक्तपुर शाखामा रहेको उनको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनले वैंकिङ् कसूरका मुद्दामा मिति २०७९/०१/०५ मा फैसला गर्दै राईलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ४ दिन कैद र रु.१६ लाख ५० हजार रुपैंया जरिवाना हुने ठहर गरेको थियाे।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले निज प्रतिवादीलाई मिति २०७९/०२/२० गते चाबहिल, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे हाे ।