पर्सा, बैशाख ४ः शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर क्षेत्र कोरोना भाइरस फैलाउने ‘हट जोन’का रूपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिककोश्रमस्थल रहेकोयो कोरिडोर क्षेत्रमा उद्योगलेश्रमिकका लागि आवश्यक मापदण्ड प्रायः अपनाएका छैनन् ।
एक–दुई वटा औषधि निर्माण कम्पनीले भने दुई गाडीमा आउने श्रमिकलाई तीन वटा गाडीमा ल्याउने व्यवस्था गरेको र उद्योगमा पुगेपछि हातमा सेनिटाइजर लाउन दिनेबाहेक अरूखासैव्यवस्था नगरेकोपाइएको छ । यो कोरिडोरको कोयस्ट फर्मास्युटिकल्सले भने दुई सिफ्टलाई तीन सिफ्ट गरेर संख्या केही न्यून गरेको त्यहाँ कार्यरत श्रमिकको भनाइ छ ।
नेपाल फर्मास्युटिकल्स, नेसनल फर्मास्युटिकल्स जस्ता ठूला कम्पनीले पनि श्रमिकलाई दूरी कायम गरी काममा लगाउन नसकेको ती कम्पनीमा काम गर्ने श्रमिकले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
सरकारका मन्त्री तथा ठूलाबडाले कुर्सी र टेबल परपर राखेर दूरी कायम गरेजस्तो मेसिनमा काम गर्ने श्रमिकले मेसिनको पार्ट परपरसारेर काम गर्न मिल्दैन, उनले भने ।
पर्सा र रौतहटमा कोरोना संक्रमित फेला परेका छन् । बिहीबार उच्च आशंकामा बाराबाट पनि १४ जनालाई आइसोलेसनमा राखिएको छ । यस्तो अवस्थामा अब घरको प्रेसर थेगिसक्नुछैन, उनीहरूले भने । राजधानी दैनिकबाट