वीरगन्ज गोल्डकप: झापा एफसीलाई त्रिभुवन आर्मी क्लबले २ –० गोल अन्तरले हरायो

| 2023 Nov 07 | 09:49 pm 677

वीरगन्ज, मंगलबार २१  । प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाईनल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । झापा एफसीलाई त्रिभुवन आर्मी क्लबले २ – ० गोल अन्तरले पराजित गरेको हो ।

९० मिनेटको निर्धारित समयको खेलको पहिलो हाफ त्रिभुवन आर्मी क्लबले १ गोल गरेर अग्रता बनाएको थियो । आदर्शनगर खेल मैदानमा जारी फुटबल प्रतियोगीताको अन्तिम क्वाटर फाईनल खेल जिते संगै त्रिभुवन आर्मी क्लबले सेमिफाईनमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफदेखि त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धीलाई दबाब दिदै आएको थियो । सुरु देखि खेलमा दबाद बनाएको त्रिभुवन आर्मी क्लबले पहिलो हाफको ७ औ मिनेटमा पहिलो गोल प्रहार गरेको थियो । पहिलो गोल त्रिभुवन आर्मीका जर्सी नम्बर ७ का खेलाडी निरज कुमार साहले गरेका थिए ।

सुरु देखि दबाबमा परेका झापा एफसीले निरन्तर गोल खादै आएका थिए । पहिलो गोल खाएको झापा एफसीले खेलको खेलमा फर्केन प्रयास गरेपनि सकिरहेको थिएन ।

त्यसपछि दोस्रो हाफमा झापा एफसीले केहि खेलाडी परिवर्तन गरेर मैदान प्रवेश गरेको थियो ।

दोस्रो हाफको खेल सुरु भएपछि  ६१ औ मिनेटमा त्रिभुवन आर्मी क्लबका अर्का खेलाडी जर्सी नम्बर ३६ का फतेमान घलेले गोल प्रहार गरे ।

त्यसपछि निरन्तर गोल फर्काउन प्रयास गरे पनि झापा एफसीका खेलाडीले हार ब्यहोर्न पुगे  । खेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मी क्लबका फतेमान घले घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा बुधबार पहिलो सेमिफाईनल खेल आयोजक भेट्रान सिटि क्लब र नेपाल पुलिस क्लब बिच हुने आयोजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव बरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.