वीरगञ्जमा एक किशाेरीमाथि एसिड प्रहार

रिपोर्ट नेपाल | 2019 Sep 06 | 12:13 pm 2479

पर्सा, भदाै २०: शुक्रबार बिहान वीरगञ्जमा एक किशाेरीमाथि एसिड प्रहार भएकाे छ ।  प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै  वीरगञ्ज महानगरपालिकाको छपकैया २ की एक किशोरीमाथि एसिड प्रहार भएको हाे ।

छपकैया २ स्थित गाणेशमान चौक जाने गल्लिमा १५ वर्षीया मुस्कान खातुनमाथि दुई जना युवाहरुले एसिड प्रहार गरेको प्रहरीले जानकारी दिए  ।  किशोरीको एसिड प्रहारले शरिरको एक भाग पुर्ण रुपले जलेको प्रहरीले जनाए ।

प्रहरी नायव उपरीक्षक अन्तराम शर्माका अनुसार एसिड प्रहारबाट किशाेरीकाे मुख, हात, छाती पाखुरामा गम्भीर घाउ भएको जानकारी दिए ।

स्थानीय प्रत्यदर्शीले बताए अनुसार गल्लीमा रहेका एक शैलुनमा बसेका दुई जना युवाले ति किशोरीमाथि एकाएक एसिड प्रहार गरेर भगेको बताए।

उक्त घटनामा संलग्न रहेका छपकैया निवासी समसाद मियालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक युवक माजिद मिया भने फरार रहेको प्रहरीले जनाए ।  घाईते किशोरीलाई थप उपचारको लागी काठमाडौ ल्याइएकाे बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.