वीरगञ्जको मुक्तिनाथ बिकास बैंक शाखा कार्यालयमा आगलागी

रिपोर्ट नेपाल | 2020 Feb 01 | 11:51 am 1762

पर्सा, माघ १८: गएराति वीरगञ्जमा रहेको मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । वीरगञ्ज ८ स्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा आगलागी भएको हो ।

उक्त आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, प्रिन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएको शाखा कार्यालयका म्यानेजर अशोक राजभण्डारीले बताए । उनका अनुसार तर, महत्वपूर्ण कागजात र रकम भने सुरक्षित रहेको नजाए ।

वडा प्रहरी कार्यालयका अनुसार १५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको र यकिन विवरण संकलन भइरहेको जानकारी दिएको छ ।

सोही बैंकाका सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । आगलागीको कारण नखुले पनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

उक्त आगलागी वीरगञ्ज महानगरपालिकाको दमकलको सहयतामा सुरक्षाकर्मी र स्थानीय मिलेर आगो समयमै नियन्त्रणमा लिएकाले थप क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.