वीपीको स्मरणमा जनकपुरमा वृक्षारोपण

रिपोर्ट नेपाल | 2019 Jul 22 | 03:28 pm 1802

जनकपुरधाम, साउन ६ : नेपालकका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३७ औँ स्मृति दिवसको अवसरमा धनुषामा वृक्षारोपण गरि मनाइएको छ ।

धनुषामा प्रत्येक वर्ष झै यस वर्षपनि वृक्षारोपण गरी वीपीको स्मृति दिवस मनाइएको छ भने देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । त्यस क्रममा कांग्रेस धनुषाले नगराइन नगरपालिका २ जटहीमा निर्माणाधीन शहिद दुर्गानन्द झा अस्पताल प्रांगणमा आपको रुख रोपिएको छ भने बनिनियामा समेत वृक्षारोपन गरिएको छ ।

आज (सोमबार) विहान ९ बजे कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवको प्रमुख आतिथ्यमा जटहिमा वृक्षारोपण गरिएको हो । लक्ष्मीनिया गाउँपालिकाको बनिनियामा महेन्द्र यादवको उपस्थितिमा वृक्षारोपन गरिएको कांग्रेस धनुषाले द नेपालटपलाई जानकारी दिए ।

नगराइनमा कांग्रेस धनुषा अध्यक्ष महेश शंकर गिरी, कांग्रेस धनुषाका वरिष्ठ नेता स्मृति नारायण चौधरी, क्षेत्रीय सभापति कन्हैया लाल कर्ण, नगर सभापति मनोज साह, नगराइन नपाका मेयर परमेश्वर यादव र युवा नेता सुजीत मिश्रसहितको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.