काठमाडौँ १९भदौ / विष्णु भण्डारीको लेखन र संगीत रहेको नयाँ नेपाली तिज गीत ‘तिजको बेलामा’ बजारमा आएको छ । विमला ज्ञवाली र महेन्द्र भण्डारीको स्वर रहेको छ ।
‘तिजको बेलामा’ गीतमा सरोज प्रजा, बिना राउत, विमला ज्ञवाली, र न्युसागर लामाले अभिनय गरेका छन् । यो मौलिक तिज गीत विष्णु भण्डारीको आधिकारिक यूट्युब च्यानलमा मात्र हेर्न सकिन्छ ।
तिजको बेलामा चेलीहरू माइत जान र रमाउन नसकिरहेको अबस्थालाई मध्यनजर गर्दै चेलीहरुको पीडा र भावना “तिजको बेलामा” मा व्यक्त गरिएको छ। तिजलाई नेपाली समाजमा विशेष गरी नारीहरु माइत जाने र परिवारसँग समय बिताउने अवसरको रूपमा लिइन्छ।
जुन महिलाहरु लामो समयदेखि परिवारसँग टाढा रहँदै आएका छन् तिनै महिलाको सन्दर्भ लाई लिएर विष्णु भण्डारीको लेखन र संगीतमा “तिजको बेलामा” मा प्रस्तुत गरिएको छ ।
लिंक