विषाक्त सेनीटाईजर उत्पादन गर्ने दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jun 15 | 09:04 pm 373

काठमाडौ, असार १ः मानव स्वास्थ्यलाई असर गर्ने विषाक्त सेनीटाईजर उत्पादन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कम्पनीमा कार्यरत रामेछाप सुनापति गाँउपालीका १ का सुजन गौतम र बझाङ केदारस्यु गाँउपालिका ८ का चन्द्रप्रसाद जोशी रहेका छन ।

मेडीग्राफ ग्रुप अफ कम्पनी प्रालीबाट उत्पादित‘नेपाल ह्यान्ड सेनीटाईजर’नामक सेनीटाईजरमा बिषाक्त रसायन भटिएको हाे । नेपाल ह्यान्ड सेनीटाईजर नामक उक्त सेनीटाईजरमा methanol रसायन ६८% मिसाईएको पाईएको छ ।

औषधी ब्यबस्था बिभागको प्रयोगशालामा परीक्षण गर्दा सो रसायन सेनीटाइजरमा भेटीएको हो । उक्त रसायनले मानब स्वास्थ्यमा घातक असर गर्ने स्वास्थ्यकर्मी बताउछन् ।

प्रहरीले सेनीटाईजर उत्पादक भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली स्थित मेडीग्राफ ग्रुप अफ कम्पनी प्रालीमा छापा मारी बिषाक्त सेनीटाईजर र सेनीटाईजर बनाउन प्रयोग गरिने उपकरण सहित दुई जनालाई पक्राउ गरेको छ ।

कम्पनीका संचालक सुजन दाहाल भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले बिषाक्त रसायन मिसाईएको पाईएपछि सेनीटाईजर कम्पनी र बनाउन प्रयोग गरिने मेसीन सहित दुई जनालाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ गरिएका दुबैजनालाई कालो बजारी तथा सामाजिक अपराध ऐन २०३२ बमोजिम कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सानोठीमीमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.