काठमाडौं, असार ७: यही असार १० गते काठमाडौंको बानेश्वरस्थित क्युटिस केयरमा सेतो दुबी जनचेतना कार्यक्रम गरिने भएको छ । सेतो दुबीको उपचार सम्भव रहेको बताउँदै असार १० गते सेतो दुबी जनचेताना कार्यक्रम गरिने भएको हो ।
सेतो दुबी छालामा देखिने एक प्रकारको विकार हो । सेतो दागको रुपमा देखिने उक्त दुबीलाई चिकित्सकीय भाषामा ल्युकोडर्मा भनिन्छ । छालामा मिलेनोसाइट नाम कोषिका हुन्छ । उक्त कोषिकाले मिलेनिन पिगमेन्ट बनाउँछ । जसले बाहिरी प्रभावका कारण छालामा पर्नसक्ने असरबाट जोगाउँछ ।
विभिन्न कारणले उक्त कोषिका नष्ट भएमा छालामा सेतो दाग देखिन्छ । अर्थात छालामा रङ बनाउने कोषिका नष्ट हुनुनै सेतो दुबी हुुनु हो ।
चिकित्सकीय दृष्टिमा सेतो दुबीलाई कष्मेटिक समस्याको रुपमा हेरिन्छ । कालो गहुँगोरो छाला भएका मानिस बस्ने अफ्रिकी तथा एसियाली देशमा यस्तो समस्या बढी हुने गरेको पाइन्छ ।
सेतो दुबीको उपचार हुन्छ भन्ने थाहा नपाएर धेरै मानिसहरु यस्तै रोग पालेर बसेको पाइन्छ । यसको उपचार सम्भव भएको बताउँदै डा धर्मेन्द्र कर्णका साथ उक्त जनचेतना कार्यक्रम गरिने भएको हो । युएस खबरबाट