विश्व बैंकद्वारा नेपालका लागि साढे ९ अर्ब बराबरको परियोजना स्वीकृत

रिपोर्ट नेपाल | 2020 Oct 29 | 04:50 pm 2187

काठमाडाैं, कात्तिक १३ः विश्व बैंकले नेपालका लागि बिहीबार करिब साढे ९ अर्ब बराबरको परियोजना स्वीकृत गरेको छ । नेपालको ग्रामिण उद्यम तथा आर्थिक विकासका लागि सहयोग गर्ने उद्यश्यका साथ उक्त परियोजना स्वीकृत गरेको हो । यो परियोजनाले कृषि उपजका लागि ग्रामिण बजार सम्पर्क मजबुत गराउने उद्देश्य राखेको जनाएको छ ।

यसले स्थानीय तहमा रोजगारी सिर्जना हुने र कोभिडले पारेको आर्थिक असर न्युनीकरणमा सहयोग पुग्ने विश्व बैंक समूहको विश्वास रहेको छ । विश्व बैंकका अनुसार खासगरी कृषिका माध्यमबाट महिला उद्यमशिलताको विकासमा यो परियोजना केन्द्रित हुने छ ।

यो परियोजना ५ प्रदेशमा केन्द्रित हुने र प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा परियोजनाअन्तर्गत कार्यक्रम सञ्चालन गरिने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका माल्दिभ्स, श्रीलंका र नेपालका लागि कन्ट्री म्यानजर फारिस हदाद जर्वोसले यो परियोजना कृषिमा नेपाल ब्राण्ड स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालले बढी सम्भावना बोकेका चिया, कफी, फलफुल तथा जडिबुटीलाई बजारिकरण गर्न सहयोग पुग्ने उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.