विश्व दुग्ध दिवसमा बालबालिकालाई दुध वितरण

रिपोर्ट नेपाल | 2018 Jun 01 | 09:03 am 3615

राजविराज । स्थानीय मिलन डेरी उद्योगले १८औं विश्व दुध दिवसको अवसरमा राजविराजस्थित बाल कल्याण गृहका बालकहरुलाई दुध खुवाएको छ । विश्व दुध दिवस मनाउन आज शुक्रबार आयोजित कार्यक्रमको राजविराज नगरपालिकाका नगरप्रमुख शम्भु यादवले उद्घाटन गरे । बालबालिकालाई दुध वितरण आरम्भ गर्दै नगरप्रमुख यादवले दुधबाट शरिरलाई चाहिने पोषकतत्व पर्याप्त प्राप्त हुने धारणा अघि सारे ।

नेपालमा अझै प्रतिव्यक्ति ९० लिटर दुध पिउनुपर्नेमा ७० लिटर मात्रै उपभोग भैरहेको जनाउँदै उद्योगका प्रोपाइटर तथा नेपाल डेरी एशोसिएसनका क्षेत्रीय संयोजक राघोप्रसाद सिंहले व्यवसायिक दुध उत्पादनमा राज्यले ध्यान दिनुपर्ने बताए भने जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिवननदन यादवले नेपालमा दैनिक करिव २० लाख लिटर दुध उत्पादन हुने गरेको जनाउँदै सात लाख मेट्रिक टन दुध उत्पादन हुन सके नेपाल आत्मनिर्भर हुने तर्क गरे ।

नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, वडाअध्यक्ष अरुण यादवले पनि मन्तव्य दिएको सो कार्यक्रममा शहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजका डिभिजन प्रमुख रमेश थिङ, जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिवननदन यादव, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, मिलन डेरी उद्योगका मिलन सिंहले दुधको महत्वका बारेमा चर्चा गरे ।

सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन थालिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.