काठमाडौं, २असार : स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् । समूह बीको दोस्रो खेलमा स्पेन र पोर्चुगललाई ३–३ गाेलले बराबरी खेल्दै अंक बाडेकाे हाे।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकले निकै रोमाञ्चक बने । चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरेका रोनाल्डोले गोल गरे । त्यसको २० मिनेटपछि स्पेनका लागि डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए । चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरेका रोनाल्डोले ४४औँ मिनेटमा अर्को गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २९१ को अवस्थामा पुर्याए ।
चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरेका रोनाल्डोले ४४औँ मिनेटमा अर्को गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २-१ को अवस्थामा पुर्याए ।
खेलको ५५ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ३ मिनेटपछि नै नाचोले गोल गरेपछि स्पेन ३-२ को अवस्थामा पुग्यो । तर, निर्धारित समयमा २ मिनेट बाँकी हरँदा रोनाल्डोले फ्रिकिकमा बराबरी गोल गरे भने व्यक्तिगत रुपमा ह्याट्रिक पुरा गरे ।
ग्रुप बी का यी दुई देशबीचको खेललाई विश्वभर चासोका साथ हेरिएको थियो। यी दुई देशले बराबरी खेलेपछि ग्रुप बी को शीर्ष स्थानमा तीन अंकका साथ इरान रहेको छ भने स्पेन दोस्रो र पोर्चुगल तेस्रो स्थानमा रहेको छ। मोरक्को भने ग्रुपको पुछारमा रहेको छ।