काठमाडौं, असार ४ : रुसमा जारी विश्वकपमा अहिले स्वीडेन र दक्षिण कोरियाबीच खेल भइरहेको छ । खेलमा स्वीडेनले एक गोलले अग्रता लिएको छ ।
खेलको ६५ औँ मिनेटमा स्वीडेनले पेनाल्टी मार्फत गोल गर्दे अग्रता लिएको हो । पहिलो हाफमा बराबरी गोलरहित खेलेको थियो ।
विश्वकपको पाँचौँ दिनको यो पहिलो खेल हो । निझ्नी नोभ्गोरोड स्टेडियममा भइरहेको यो खेल नेपाली समय अनुसार ५ः ४५ बजेबाट सुरु भएको थियो।