विश्वकप : पोर्चुगल भर्सेस मोरक्को खेल सुरु, सबैको नजर रोनाल्डोमा

रिपोर्ट नेपाल | 2018 Jun 20 | 05:43 pm 3314

काठमाडौं, असार ६ :  रुसमा जारी विश्वकमा आजको पहिलो खेलमा पोर्चुगल र मोरक्को खेल सुरु भएको छ । पोर्चुगलले दुई वर्षअघि अप्रत्याशित खेल खेल्दै युरोकपको उपाधि जितेको पोर्चुगलले जारी विश्वकपको समुह चरणमा नै स्पेन विरुद्धको खेलमा बराबरी गर्दै यो संस्करणको उपाधि होडमा आफुलाई उभ्याइसकेको छ ।

रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सम्हालेकाले पनि पोर्चुगल टिम यो पटक बलियो देखिएको छ । फिफा विश्व वरियतामा चौथो स्थानमा रहेको छ ।

समुह चरणको पहिलो खेलमा स्पेन विरुद्ध तीन तीन गोलको बराबरीमा रोकिदा नायक बनेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा पनि पोर्चूगलको आकर्षण बन्नेछन् ।

पोर्चुगललाई टक्कर दिदैछ अर्को टोली मोरोक्कोले, २० वर्षपछि विश्वकप खेलिरहेको मोरोक्को आफनो पहिलो खेलमा पराजय भोगेको कारण पनि आजको खेलमा जित निकाल्छ चाहन्छ ।

यी दुईको भेट यस अघि सन् १९८६ को विश्वकपमा भएको थियो , जहाँ मोरोक्कोले पोर्चुगललाई ३–१ ले हराएको थियो । तर लामो समय विति सक्दा पोर्चुगल भने निकै फर्ममा छ । २०१४ को विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको कारण पनि पोर्चुगल अहिले उपाधि जित्ने लक्ष्यमा लागिपरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.