विश्वकप : खेल सुरु भएको ७ मिनेटमै डेनमार्क एक गोल गर्‍यो

रिपोर्ट नेपाल | 2018 Jun 21 | 06:00 pm 2666

काठमाडौं, ७ असार : रुसमा जारी विश्वकपमा आज भएको पहिलो खेलमा डेनमार्कले एक गोल गरेको छ । खेल सुरु भएको सात मिनेटमै डेनमार्कको  क्रिस्टियन एरिकसेनले एक गोल गेरको हो  । खेल नेपाली समय अनुसार ५: ४५ मा सुरु भएको हो ।

डेनमार्कले पहिलो खेलमा पेरु माथि एक गोलको जित निकाल्दै ३ अंक बटुलिसकेको छ भने उसका प्रतिष्पर्धी अष्ट्रेलिया फ्रान्ससग दुई एक गोलले पराजित हुदै अंकविहीन बनेको थियो । डेनमार्क र अष्ट्रेलियाको यस अघि हेड टु हेडका आधारमा तीन पटक भेट भएको छ ।

सन् २००७ बाट तीन पटक अन्तर्राष्ट्रिय खेलमा भेट हुँदा डेनमार्क दुई पटक जित निकाल्दा अष्ट्रेलियाले मात्र एक पटक जित निकालेको छ । विश्वकपको समुह मा पनि डेनमार्कले जित निककालेको कारण आजको खेलमा पनि अष्ट्रेलिया विरुद्ध डेनमार्क कै हावी हुने सभ्भावना प्रवल छ । यी दुर्इको खेल नेपाली समय अनुसार सामारा एरेनामा पौने ६ बजे हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.