विश्वकप क्रिकेट: भोलि उपाधिका लागि भारत र अष्ट्रेलियाविच प्रतिस्पर्धा हुँदै

| 2023 Nov 19 | 07:43 am 445

काठमाडौँ, मङ्सिर ३।विश्वकप क्रिकेटको उपाधिका लागि भोलि आयोजक भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ।

भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी रंगशालामा यी दुईविचको फाइनल खेल हुँदैछ।भारत न्युजिल्याण्डलाई तथा अष्ट्रेलिया  दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन । भारत जारी विश्वकपमा खेलेको १० खेलमा अपराजित रहयो भने अष्ट्रेलिया १० मध्ये लिग चरणका दुई खेल भारत र दक्षिण अफ्रिकासंग पराजित भएको थियो।भारत तेस्रो पटक उपाधि चुम्न चाहन्छ भने अष्ट्रेलिया छैठौ पटक उपाधि जित्ने प्रयासमा हुनेछ।

सन् १९८३ मा कपिल देवको नेतृत्वमा भारतले पहिलो पटक विश्व कप जितेको थियो। अर्को २०११ मा मुम्बईमा महेन्द्रसिंह धोनीको नेतृत्वमा विश्व कप जितेको थियो।

अस्ट्रेलिया सन् १९८७, १९९९, २००३, २००७, २०१५ मा गरि ५ पटक विश्वकप जितेकाे छे।

सन २००३ को विश्वकपको फाइनलमा भारत र अस्ट्रेलिया भिडेका थिए।जहाँ अस्ट्रेलियाले ३ सय ५९ रनको विशाल स्कोर बनाएको थियो।भारत २ सय ३४ रनमा अलआउट भएको थियो ।

एकदिवसीय क्रिकेटमा  भारत र अस्ट्रेलिया जम्मा १ सय ५० पटक आमनेसामने भएका छन् । त्यसमध्य अष्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । विश्वकपमा १३ पटक आमने सामने भएका छन्।अस्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ।

अस्ट्रेलियाको यसअघि विश्व कपमा प्रदर्शन

१९७५ः उपविजेता

१९७९ः समूह चरण

१९८३ः समूह चरण

१९८७ः च्याम्पियन्स

१९९२ः राउन्ड–रोबिन चरण

१९९६ः उपविजेता

१९९९ः च्याम्पियन्स

२००३ः च्याम्पियन्स

२००७ः च्याम्पियन्स

२०११ः क्वाटरफाइनल

२०१५ः च्याम्पियन्स

२०१९ः सेमिफाइनल

भारतको यसअघि विश्व कपमा प्रदर्शन

१९७५ः समूह चरण

१९७९ः समूह चरण

१९८३ः च्याम्पियन्स

१९८७ः सेमिफाइनल

१९९२ः राउन्ड–रोबिन चरण

१९९६ः सेमिफाइनल

१९९९ः सुपर सिक्स

२००३ः उपविजेता

२००७ः समूह चरण

२०११ः च्याम्पियन्स

२०१५ः सेमिफाइनल

२०१९ः सेमिफाइनल

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.