विश्वकप अघिको मैत्रीपूर्ण खेलमा मोरक्को विजयी

रिपोर्ट नेपाल | 2018 Jun 05 | 08:25 am 2959

काठमाडौं, जेठ २२: विश्वकप अघिको मोरक्को र स्लोभाकियाबीच सोमबार बेलुका भएको मैत्रीपूर्ण खेलमा मोरक्कोले स्लोभाकियाको एक गोलको अग्रता उल्ट्याउँदै खेल जितेको हो । मोरक्कोले स्लोभाकियालाई २–१ ले हराएको हो ।

५९ औं मिनेटमा जान ग्रेजुसले गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए, तर ६४ औ मिनेटमा मोरक्कोका योयुब एल काबीले बराबरी गोल फर्काए । ७४ औं मिनेटमा यौनेस बेल्हान्डाले मोरक्कोका लागि गोल गर्दै टिमलाई जिताए ।

सर्वियाले भने मैत्रीपूर्ण खेलमा चिलीसँग एक शून्यको हार ब्यहोरेको छ । विश्वकपमा स्थान बनाउन नसकेको चिलीले सर्वियालाई स्तब्ध बनाउन खेलको ८८ औं मिनेटमा चिलीका गुइर्लेमोले गोल गरे । विश्वकपको समूह सी मा रहेको सर्वियाले ब्राजिल, स्विट्जरल्याण्ड र कोष्टारिकासँग खेल्नुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.