काठमाडौं, चैत्र ११ : पार्टी नेतृत्वले महासमिति बैठकको निर्णयलाई कुल्चेको भन्दै नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको बैठक आगामी चैत्र २० र २१ गते काठमाडौंमा बस्ने भएको छ ।
बैठक केका लागि भन्ने विषयमा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीसँग जिज्ञासा राख्दा महासमितिको म्याण्डेडलाई सभापतिले बहुमतको आडमा निरंकुश शैलीबाट उल्टाउनु भयो त्यसलाई सही ट्र्याकमा ल्याउन बैठक डाकिएको बताए ।
९५ प्रतिशत महासमिति सदस्यले नेताहरु वुथबाटै निर्वाचित भएर आउनु पर्ने र आरक्षण कोटा एउटै व्यक्तिलाई दोहोर्याउन नहुने भन्ने कुरा सभापति देउवाले स्विकार गरेर बरिष्ठ नेता सहित समापन समारोहमा लागु गर्ने प्रतिबद्धता जनाए पनि बहुमतको दम्भमा सभापतिले म्याण्डेड काटेको केसीको आरोप छ ।
सोमबार रिपोर्ट नेपालसँग संक्षिप्त कुरा गर्दै सभापतिको भेलामा विशेष छलफल हुने र विभिन्न विकल्प खाेजिने नेता केसीको भनाई रहेको थियो । बैठकमा छलफल भइरहँदा सभापति देउवाले ९५ प्रतिशत महासमिति सदस्यको भावनाको कदर गरे समस्याको समाधान भयो होइन भने बैठकले कठोर निर्णय पनि गर्न सक्ने सभापति केसीको भनाई रहेको थियो ।
कठोर निर्णय भन्नाले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान हो भनि राखिएको जिज्ञासामा हामी सकभर त्यो दिन नआयोस भन्ने चाहान्छौं । तपाईहरुले त अवैध बैठक राख्दै हुनुहुन्छ भन्ने आरोप छ नि के हो भनि राखिएको अर्को जिज्ञासामा वर्षको दुई पटक सभापतिकाे बैठक बोलाउने प्रावधान विधानमा छ ।