काठमाडौं, माघ २५: बालुवाटारस्थित रहेका ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियारको व्यवहार समान नभएको भन्दै प्रदर्शनमा उत्रिएका विवेकशील नेपालीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
बालुवाटार पुगेर प्रदर्शन गरेका विवेकशीलका कार्यकर्तालाई शनिबार प्रहरीले प्रदर्शनस्थलबाटै पक्राउ गरिएको हो।
प्रदर्शनका क्रममा पक्राउ पर्नेमा रञ्जु दर्शना न्यौपाने, संगीता बाटाजु, आलोक सुवेदी, वृतान्त खनाल, शशिविक्रम कार्कीलगायत ११ जना रहेको विवेकशीलकी उपाध्यक्ष अजीता राईले बताइन ।
उपाध्यक्ष राईले विज्ञप्ति जारी गर्दै बालुवाटार ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको हुनाले, विरोध प्रदर्शन गर्नुपरेको उल्लेख गरेकी छन्।
उक्राउ परेका सबै कार्यकर्तालाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको बताइएको छ।