पर्सा, असोज ६ः जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक रवीभुषण यादव अन्तत एक नम्बर प्रदेशको गणमा तानिएका छन् ।
संगठनका अत्यन्तै विवादित र बदनाम बन्दै गएका यादवका विषयमा रिपोर्ट नेपालले पटक पटक समाचार प्रकाशन गरेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा दुई नम्बर प्रदेश कार्यालयमा तानिएको थियो ।
गत सोमबार जनकपुर तानिएका यादवले आफू कुनै पनि हालतमा वीरगंज नै आउने भन्दै रमनासमेत नलिई जनकपुर गएका थिए ।
जागिरको लामो अवधी घुमुवा बनेर बारा पर्सामा मस्ती गर्दै आएका यादवको संगठन बिरोधी कृयाकलाप र महानिरीक्षक शैलेस थापाको शुन्य सहनशिलताको सिद्धान्तलाई खिल्ली उडाउँदै गतिविधि गरेको यस डटकमले नियमित समाचार प्रकाशन गरेको थियो ।
प्रहरी सहायक निरीक्षकबाट जागिरे जिवन सुरु गरेका प्रहरी निरीक्षक यादवले प्राय आउने प्रमुखलाई खुसी पारेर घुमुवाको कमाण्डर बन्दै आएका थिए ।
दर्जनौं उजुरी प्रदेश हुँदै प्रधान कार्यालयमा परेका कारण दुई नम्बर प्रदेश तानिएका उनलाई सोमबार एक नम्बर प्रदेशको गणमा सरुवा गरिएको छ ।
प्राय सधै राजनीतिक दवाब दिलाएर मालदार ठाउँमा रमाएका यादवले अब रमना लिन्छन वा दिइन्छ दिइदैन त्यो भने हेर्न बाँकी नै छ ।