विराटनगरको मेयरमा काँग्रेसका कोइराला विजयी

रिपोर्ट नेपाल | 2022 May 21 | 08:30 am 485

माेरङ, जेठ ७ः विराटनगर महानगरपालिकाको प्रमुखमा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले जितेका छन् ।

शनिबार बिहान सम्पन्न मतगणनामा उनी बिजयी भएका हुन् । उनी संयुक्त गठबनधनका तर्फका उम्मेदवार हुन् । उनले करिब ३० हजार माथि मत प्राप्त गर्दै विजयी प्राप्त गरेका हुन् ।

अन्तिम मत परिणामसम्माम उनले ३० हजार १७० मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मात्रै मत पाए। अन्तिम मत परिणाम अनुसार कोइराला र थापाको मतान्तर ८,७१५ हो ।

त्यस्तै राप्रपाका मेयर उम्मेदवार प्रह्लादप्रसाद साहले ५,२१६ मत पाए । उता स्वतन्त्र उमेश यादवले भने ८,९९५ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.