काठमाडौं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि (मंगलबार) सुरु हुने चीन भ्रमणका लागि जम्बो टोली बनेको छ । भ्रमणमा ११९ सहभागी हुने भएका छन् । जसमध्ये १११ जना नेपालबाट जाने छन् ।
भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रधानमन्त्रीको सालो काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य पनि चिन भ्रमणमा जादैँ छन् ।
भ्रमण टोलीमा ५४ जना व्यवसायी मात्र छन् । ४ मन्त्री र ९ सांसदको नाम तय भएको छ । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जा मन्त्री वर्षमान पुन तथा यातायात मन्त्री रघुबीर महासेठ भ्रमणमा जानेछन् ।
त्यस्तै सांसदहरू जनार्दन शर्मा, जयपुरी घर्ती, विशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्र कुमार केसी, निर्जला राउत, पार्वती डिसी चौधरी र सुरेन्द्र कुमार यादव प्रधानमन्त्रीसँगै चीन जाने छन् । प्रमुख सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली पनि भ्रमण टोलीमा छन् ।
त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी, एमाले नेता राजन भट्टराई, अर्थ मन्त्रालयका सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, वाणिज्य सचिव चन्द्र घिमिरे, लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी, यातायात मन्त्रालयका सहसचिव मधुसुदन अधिकारी, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य, जिल्ला समन्वय समिति मुस्ताङका संयोजक छिरिङ गुरुङ टोलीमा छन् ।
उद्योग वाणिज्य महासंघका तर्फबाट व्यवसायीहरू भवानी राणा, पशुपति मुरारका, चन्द्र ढकाल, शेखर गोल्छा, किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चण्डिराज ढकाल, ज्ञानेन्द्रराज प्रधान, गोपाल तिवारी, प्रबलजंग पाण्डे, शैलेन्द्र गुरागाई र ज्योत्सना श्रेष्ठ छन् ।
उद्योग परिसंघबाट हरिभक्त शर्मा, कृष्ण प्रसाद अधिकारी, गुरु प्रसाद न्यौपाने, मनिष खेम्का र दुर्गा विक्रम थापा छन् । नेपाल चेम्बर अफ कसर्मबाट राजेशकाजी श्रेष्ठ, राजेन्द्र मल्ल, कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा, इच्छाराज तामाङ टोलीमा परेका छन् ।
त्यस्तै बिजनेश डेलिगेसनमा नाममा व्यवसायीहरू निरु पुलामी, आङछिरिङ शेर्पा, दिनेशप्रसाद श्रेष्ठ, सचिनलाल आचार्य, सुरिथ प्रसाद घिमिरे, गौतमदास श्रेष्ठ, पूर्णबहादुर राई, पूर्ण डाँगी, शशी पौडेल, गोरे शेर्पा, भोजबहादुर शाह, कृष्ण आचार्यलाई पनि भ्रमण टोलीमा राखिएको छ ।
परराष्ट्र मन्त्रालयबाट सहसचिवहरु गणेश ढकाल, दीपक अधिकारी, उपसचिव रोशन खनाल, ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे, नेपाल बिद्युत् प्राधिकरणमा एमडी कुलमान घिसिङ, पर्यटन बोर्डका सिइओ दीपकराज जोशी पनि प्रधानमन्त्रीसँगै चीन जानेछन् ।
नेपाल चाइना चेम्बर्स अफ कसर्मबाट त्रिभुवन तुलाधर, नरेन्द्र हुलाक र गौरव अग्रवाल छन् । मझौला उद्योगीहरूतर्फबाट पूर्णबहादुर भण्डारी, भरत थापा र शम्भु पोखरेल तथा जलविद्युत् व्यवसायीहरू पद्यमा ज्योति, प्रदीप श्रेष्ठ र उत्तरकुमार श्रेष्ठ छन् ।
एनआरएनका अध्यक्ष भवन भट्ट,सहित विश्वनाथ गोयल, अञ्जु पौडेल, रमेश सिलवाल, लोकबहादुर थापा। रामजी बराल,कृष्ण आचार्य, बद्री गौतम,हिरादेवी कँडेललगायतका व्यवसायी पनि भ्रमण टोलीमा छन् । भ्रमण टोलीमा १८ जना पत्रकार समेत छन् । चीनस्थित नेपाली दूतावासका ८ अधिकारीलाई पनि टोलीमा राखिएको छ ।
पत्रकारहरूमा गोरखापत्र दैनिकबाट रामप्रसाद हुमागाइँ, कान्तिपुर दैनिकबाट सुधीर शर्मा, द काठमाडौँ पोस्ट दैनिकबाट अखिलेश उपाध्याय, नागरिक दैनिकबाट गुणराज लुइँटेल, रिपब्लिका दैनिकबाट सुवास घिमिरे, अन्नपूर्ण पोस्ट दैनिकबाट राजाराम गौतम, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, एभिन्यूज टेलिजिभनबाट शिव दाहाल र रविन्द्र श्रेष्ठ, नयाँ पत्रिका दैनिकबाट प्रमिला देवकोटा, द हिमालय टाइम्स दैनिकबाट प्रकाश रिमाल, रेडियो नेपालबाट हरिशरण लामिछाने, नेपाल टेलिभिजनबाट निराजन खनाल र विष्णुभक्त महर्जन, राष्ट्रिय समाचार समितिबाट हरि लामिछाने, मिडियो सोसाइटीबाट शुभशंकर कँडेल र क्यामराम्यान ध्रुबप्रसाद अधिकारी रहेका छन् ।
हिमालय एयरलाइन्सको विमान चार्टर गरेर प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन् । अनावश्यक विदेश भ्रमण रोक्ने नीति लिएका प्रधानमन्त्री चीन भ्रमणमा भने आफैँ जम्बो टोली लिएर जाँदै छन्।