विभेदकारी बजेट पास हुन दिंदैनाै – सांसद पाण्डे

रिपोर्ट नेपाल | 2023 Jun 09 | 02:12 pm 1301

काठमाडौं, जेठ २६। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा संघीय सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारले ल्याएको बजेट पास हुन नदिने बताएका छन् । आर्थिक वर्ष २०८०र८१ को बजेट अन्यायपूर्ण रहेको भन्दै उनले यथास्थितिमा संसदबाट पास हुन नदिने बताएका हुन् ।

सांसद पाण्डेले आज काठमाडौंमा आयोजित पार्टीको सुभेच्छुक संस्था समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै बजेट पास नगर्दा सरकार छाड्नु परे पनि छाड्न तयार रहेको बताएका थिए ।

सरकारका अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको यो बजेट कुनै पनि हालतमा यथास्थितिमा पास हुन नदिने पाण्डेको भनाई रहेको थियो । आफूहरु प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा बजेट पास हुन नदिने पाण्डेको अडान रहेको थियो । आफूहरु न्यायको लागि पार्टि विभाजन गर्न बाध्य भएको बताउदै ‘अब कुनैपनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ ।

उनले माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा बढी बजेट छुट्याइएको भन्दै विरोध जनाए ।
‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा ५ अर्ब भएको काम सञ्चालन गर्दा ५ अर्ब बाँकी रह्यो । अब त्यो ५ अर्बमा १ अर्व १० करोड डडेलधुरामा, ५५ करोड गोरखामा ७० र ७५ करोड नुवाकोटमा यो सबै जोड्दा २ अर्व ३२ करोड हुने र ५ अर्बमध्ये ३ वटा जिल्लामा बाँकी २अर्ब ६८ करोड ७४ जिल्लामा यस्तो विभेदकारी बजेटलाई आफूहरुले टुलुटुलु हेरेर पास गर्न नसक्ने पाण्डेको भनाई रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.