विभिन्‍न घटनामा चार जनाको ज्यान गयो

रिपोर्ट नेपाल | 2018 Jun 13 | 11:01 am 3310

काठमाडौं, जेठ ३०: फरकफरक घटनामा बुधबार परी चार जनाले ज्यान गुमाएका छन् ।

बाराको निजगढ नगरपालिका-१ रतनपुरमा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । बुधबार बिहान साढे ४ बजे स्थानीय ६७ वर्षीय इन्द्रबहादुर थिङलार्इ हात्तिले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ भैरवपथमा चन्द्रबहादुर थापाको बिहान ७ बजे छतबाट खसेर ज्यान गएको छ ।

सुनसरीको भोक्राहा गाउँपालिका-७ हनुमान चोकमा मंगबार राती मोटरसाइकल चालक ३५ वर्षिय महेश प्रसाद यादव मृत भेटिएका छन् ।

तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा भुपेन्द्र चौधरीको निधन भएको हो । ट्रक परिचालक भने घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.