विभिन्न मुद्दाका फरार अभियुक्त प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2020 Jul 30 | 04:03 pm 2372

काठमाडौं, साउन १५ः लागूऔषध मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका २ ब्यासीका २५ वर्षीय किरण ब्यान्जुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरको २०७४ चैत १८ गतेको फैसलाले १ वर्ष ९ महिना २६ दिन कैद र १ लाख १ हजार ५ सय रुपैयाँ जरिवाना फैसला भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ ।

त्यसैगरी सुनसरीमा मानव बेचबिखन तथा ओसार पसार मुद्धाका फरार अभियुक्त धरान उपमहानगरपालिका ११ ठाडो सोलिङका ३९ वर्षीय पुष्प परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौंको समन्वयमा र ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ११ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौं पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.