काठमाडौँ १२ जेठ / सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका छन् । भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र पार्टीको क्रियाशील सदस्यता र नवीकरणको अवस्था, आगामी आर्थिक वर्षको बजेट समसामयिक विषयमा पनि बैठकमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।
भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराएको आरोप लागेपछिअध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान जारी रहेको छ। भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरूको समेत नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग पार्टीभित्रै उठेको छ। उक्त प्रकरणलाई लिएर कांग्रेसबाट गृहमन्त्री बनेका लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्दै पार्टीभित्र फरक-फरक धारणा आउन थालेका छन्। लेखकले आफ्नो संलग्नता नरहेको दाबी गरिरहेका रहेका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गर्दै आएका छन्। उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजिनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए।