विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा पक्राउ

| 2023 Jan 05 | 06:26 pm 953

कैलाली, पुस २१ः कैलाली, कञ्चनपुर लगायत विभिन्न स्थानका व्यक्तिहरूलाई डर त्रास तथा विभिन्न प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दार्चुला लेकम गाउँपालिका-१ बस्ने ३५ वर्षीय पदम राज भट्टलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

 विभिन्न बैंक तथा संघ सस्थाहरुको हाकिम हुँ भन्दै विभिन्न व्यक्तिलाई प्रलोभन देखाउनका साथै महिलाहरुलाई ललाई फकाई अश्लिल भिडियो पोष्ट गरिदिने धम्की दिदै ठगीमा गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालीका-३ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ लक्ष्मीटोल बस्ने २० वर्षीय पवन कुमार श्रीवास्तब र १७ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर र  प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध लुपिजेशिक १० एम्पुल, एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुल सहित झापा कमल गाउँपालिका-५ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.