विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

| 2021 Sep 29 | 08:37 pm 1841

सर्लाही, असाेज १३ः विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट  एक जनालाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले सर्लाही जिल्लाको कौडेना गाउँपालिका १ बस्ने २४ वर्षीय जितेन्द्र साहलाई शंका लागि जाँच गर्दा उनको साथमा नाइट्राजेपाम ७ सय ८० वटा, डाईजाल्याप २० वटा र नोफिन ९ वटा फेला पारेपछी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद
सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ स्थित बासाटोलबाट सशस्त्र प्रहरीले करीव १ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा चुरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीले असोज १२ गते करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ६ वटा साइकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको विरगंज महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । उक्त  ६ वटै साइकल समेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा साइकल वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
छालाको जुत्ता तथा स्याण्डल बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.