‘विप्लव’ समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब

रिपोर्ट नेपाल | 2019 Jun 04 | 07:02 am 2343

काठमाडौं, जेठ २१: सरकारद्वारा प्रितबन्ध लगाएका  नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब बढ्दै गएको छ। सरकारले गत फागुनमा गतिविधिमा प्रतिबन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारबाही प्रक्रिया असफल हुने क्रम बढ्न थालेपछि चन्द समूहभित्रै केही नेताले वार्तामा जोड दिइरहेका छन्।

नागरिक समाज, बुद्धिजीवी र सत्तपक्षीय नेताले पनि चन्द समूहलाई वार्तामा बस्न दबाब दिइरहेका छन्। केही दिन अघि नेपाल बन्द गराउने क्रममा बम विस्फोटमा परी आफ्नै कार्यकर्ताको मृत्यु भएपछि चन्द समूहभित्र वार्ताका लागि दबाब चुलिएको छ।

तालिमप्राप्त कार्यकर्ता परिचालन गर्न नसक्दा चार कार्यकर्ताको मृत्यु भएको विषयमा समूहभित्र छलफल सुरु भएको छ। केही सदस्य वार्ता गर्दा आत्मसर्पणको सन्देश जाने भन्दै तत्काल त्यसतर्फ अघि नवढ्ने पक्षमा छन्। मागवारे सरकारसँग छलफल गर्नुपर्ने प्रस्ताव राखेपछि पोलिटव्युरो सदस्य पदम राई निलम्बित भएका थिए।  समाचार आजको कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.