विप्लव समूहका ११ कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 10 | 06:01 pm 1516

काठमाडौं, कार्तिक २४ : नेत्रविक्रम चन्द (विप्लव)समूहका ११ कार्यकर्ता पक्राउ परेका छन् । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भू–भाग समेटेको विरोधमा प्रदर्शन गर्नेक्रममा उनीहरुलाई आइतबार माइतीघरबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेका विरुद्ध उच्छृङ्खल गतिविधि गरेको आरोप छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

विरोध प्रदर्शनका लागि काठमाडौंका ४ सरकारी स्कुलबाट बालबालिकासमेत लगिएको खुलेको छ । बालबालिकालाई प्रदर्शनमा लैजानेको खोजी भइरहेको डिएसपी बोगटीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.