विप्लव समूहका विद्यार्थी नेता पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 04 | 08:33 am 1388

काठमाडाैं, जेठ २२ः सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले काठमाडौंको माइतीघरबाट ढकाललाई पक्राउ गरिएको जानकारी दिए । उनलाई अहिले टेकुस्थित हिरासतमा राखिएको छ ।

सरकारले गत २०७५ साल फागुनमा नै चन्द समूह आपराधिक क्रियाकलापमा संलग्न भएको भन्दै उसका गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

ढकाल माइतीघरमा आयोजित एउटा विरोध कार्यक्रममा सहभागी हुन् आएको बताइए पनि प्रहरीले किन आएको भनेर खुलाएको छैन । उनको विषयमा अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.