विप्लव समूहका एकजना केन्द्रीय सदस्य पक्राउ

| 2020 Dec 21 | 12:35 pm 1456

काठमाडौं, पुस ६ः सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य उषा किरण ‘आजाद’ रहेका छन् । उनलाई माइतीघरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

विप्लव समूहको विद्यार्थी संगठनका पूर्वअध्यक्ष समेत रहेका आजादलाई माइतीघर मण्डलास्थित एक होटलबाट प्रहरीले पक्राउ गरेकाे हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.