विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 24 | 09:55 am 1741

काभ्रे, कात्तिक ७: सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी पक्राउ परेको छन् । पक्राउ पर्नेमा पनौती नगरपालिका–९ शङ्खुस्थितका ३२ वर्षीया सुन्तली थोकर रहेका छन् । उनलाई गएराति उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले पक्राउ गरेको बताए । थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.